नियम १४४
परामर्श सेवा खरिद विधिको छनौट
(१) स्थानीय निकायले देहायको कामको लागि
परामर्श सेवा खरिद गर्दा गुणस्तर विधि छनौट गरी खरिद गर्न सक्नेछ ः—
(क) वहुक्षेत्रीय (मल्टी सेक्टरल) सम्भाव्यता अध्ययन, घातक फोहरमैला
ब्यवस्थित गर्ने एवं तह लगाउने संयन्त्रको डिजाइन, शहरी
गुरुयोजनाको डिजाइन, वित्तीय क्षेत्र सुधार जस्ता परामर्शदाताबाट
अपेक्षित कार्य स्पष्टरुपमा यकिन गर्न नसकिने प्रकृतिको र
परामर्शदाताबाट खोजपूर्ण प्रस्तावको अपेक्षा गरेको काम,
(ख) ठूला बा“ध वा प्रमुख पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन वा
संरचनात्मक इन्जिनियरी· डिजाइन, राष्ट्रिय महत्वका नीति सम्बन्धी
अध्ययन, उच्च दक्षता आवश्यक पर्ने र भविष्यमा गम्भिर तथा
दूरगामी प्रभाव पार्ने किसिमको काम,
(ग) व्यवस्थापन परामर्श, क्षेत्रगत (सेक्टरल) तथा नीतिगत अध्ययन जस्ता
सेवाको मूल्य कामको गुणस्तरमा निर्भर हुने वा व्यक्ति, संस्था पिच्छे
सारभुत रुपमा अलग अलग तरिकाबाट सम्पादन गर्न सकिने र
प्रतिस्पर्धि प्रस्तावको लागत तुलना गर्न नसकिने किसिमको काम ।
(२) उपनियम (१) बमोजिम गुणस्तर विधि छनौट गर्न स्थानीय निकायको
स्वीकृति लिनु पर्नेछ ।
(३) लेखापरीक्षण, सामान्य इन्जिनियरी· डिजाइन तथा खरिद एजेन्ट जस्ता
राम्ररी अभ्यास भइसकेका, नियमित प्रकृतिका र कम लागत लाग्ने कामका लागि न्यून
लागत विधि छनौट गर्न सकिनेछ ।
(४) कुनै काम गर्न उच्चस्तरको विशेषज्ञता आवश्यक परेमा वा परामर्शदाता
नियुक्त गर्ने समय न्यून भएमा वा आवश्यक कार्य सम्पन्न गर्न केही परामर्शदाता मात्र
योग्य भएमा परामर्शदातालाई योग्यताको आधारमा नियुक्त गर्न सकिनेछ ।